पुरस्कार समारोह

प्रशिक्षक हुनुको एउटा मुख्य कुरा चाँहि तपाईका नानीहरुलाई विजेताहरु झै महसुस गर्नमा सहायता गर्नु हो । हामी यो सुझाव दिन्छौं कि विद्यार्थीहरुले गृह कार्यभार गर्दा इनाम दिईएको होस् जहाँ उनीहरुले पाठलाई कार्यमा प्रयोग गर्नेछन । उपस्थित हुनु र कण्ठ पार्नु चाँहि प्रशिक्षण हुनेछ अनि हप्तामा कार्यभार गर्नु चाँहि वास्तवमा प्रतियोगिता हुनेछ । तपाईका विध्यार्थीहरुलाई प्रोत्साहन गर्नुहोस् कि उनीहरुले जित्ने हो भने प्रशिक्षण अति जरुरी छ । तैपनि तिनीहरुको प्रतियोगिता चाँहि वास्तविक संसारमा हो जहाँ उनीहरुले असलमा जित्नेछन ।

एउटा विचार चाँहि प्रत्येक महिनाको अन्त्यमा एउटा पुरस्कार समारोह राख्ने हो, जब तपाईले प्रत्येक आत्माको फलको बारेमा सिकाइ सक्नुहुनेछ । उदाहरणको लागि प्रेम, पाँच हप्ताको अध्ययन हुनेछ । जसले कमसेकम ३ हप्ताको कार्यभार गरेको छ उसले कास्य पदक प्राप्त गर्न सक्नेछ, ४ हप्ताले चाँदी, र पूरै ५ हप्ताले स्वर्णको पदक । तपाईले तपाईको नानीहरुले पहिलो महिना पश्चात कसरी पदक पाउने हुन् त्यो तपाईले समायोजन गर्नु सक्नुहुनेछ, किनभने कुनै गाउँ अथवा शहरको स्थानहरुमा थप चुनौतीपूर्ण कार्यभरहरु जरुरी हुनेछन । केही क्षेत्रहरू सुसमाचारिक हुनेछन र तपाईलाई सजिलो कार्यभारको जरुरी हुनेछ ताकि उनीहरु प्रोत्साहित रहन सकून र कक्षामा आउन जारी राख्न सकून ।

वर्षको अन्त्यमा, वर्षभरि जितेकाहरुको निम्ति एउटा ठूलो पुरस्कार ल्याउनुहोस । यो ट्रफी अथवा पदक हुनसक्छ । यस समारोहलाई अझै खास बनाउनको लागि तपाईको नानीहरुलाई मण्डलीको अगाडि पुरस्कृत गर्नुहोस् ।

विजेताहरु ब्यानरट्रफी विजेताहरुपदक / मेडॅलियन्स विजेताहरु