अवलोकन

हामी आत्माको फलको बारेमा पढ्नेछौं । तर फललाई मात्र होइन, आत्माको फलको विरुद्ध लड्ने हाम्रा धेरै शरीरका पापहरु हेर्नेछौ । तपाईको उदेश्य चाँहि तपाईको नानीहरुलाई विजेता बनाउनु हो । यसो गर्न तपाईको नानीहरुले केवल बाइबलका पद याद गरेर मात्र होइन तर आत्माको फललाई दैनिक जीवनमा लागू गर्नु पर्नेछ ।

"तर आत्माले प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्तता, नम्रता, संयम दिंदछ । यी कुराहरू भूल हुन् भन्ने कुनै व्यवस्थामा छैन ।" गलाती ५:२२-२३

भाग १

पाठ १

प्रेमको विरुद्ध स्वार्थ
बाइबलका कथा: येशु क्रूसमा मर्नुभो
मत्ती २७:२७-५६

पद याद गर्ने खेल

"साँचो प्रेम के हो त्यो यसरी हामी जान्दछौ येशूले हाम्रा निम्ति आफ्ना जीवन अर्पण गर । यसर्थ हामीले हाम्रो जीवन ख्रीष्टमा भएका हाम्रा भाइबहिनीहरुका निम्ति अर्पण गर्नुपर्छ।" १ यूहन्ना ३:१६

घेरा भित्र

आफ्नो साथीले सुझाव दिएको एउटा खेल खेल (तिमीलाई अनुमति छ भने) र उनीहरुले चाहे जति खेल । तिमीलाई पनि खेल्ने इच्छा छ भनेर हल्ला नगर । यसपाली तिम्रो इच्छा फरक पर्दैन किनभने तिमीले आफ्नो बारेमा कुनै विचार नराखी साँचो प्रेम देखाई रहेका छौ ।

पाठ २

प्रेमको विरुद्ध आलोचक मनोवृत्ति
बाइबलका कथा: धुलो र मुढा 
मत्ती ७:१-५ 


पद याद गर्ने खेल

“अरू प्रति निसाफ नगर, जस्तो कि परमेश्वरले पनि तिमीहरूको निसाफ गर्नु हुनेछै । जुन नियम उपयोग गरी तिमीहरू अरूको निसाफ गर्दछौ उसैगरी तिमीहरू पनि निसाफ गरिनेछौ । अनि जुन उपाय प्रयोग गरी अरूलाई तिमीहरू क्षमा गर्नेछौ त्यही उपाय उपयोग गरी तिमीहरूलाई क्षमा प्रदान गरिने ।" मत्ती ७:१-२

घेरा भित्र

सम्पूर्ण दिनको लागि तिमीसित एउटा खल्ती दर्पण लेउ । जब कसैलाई न्याय गर्ने प्रलोभनमा तिमी पर्‍यो भने त्यो खल्तीको दर्पणलाई निकाल र आफैलाई हेर । आफैलाई यो सम्झना दिलाउ कि कसैको गल्ती सुधार्ने काम तिमीले आज गर्न पर्दैन ।

पाठ ३

प्रेमको विरुद्ध घृणा
बाइबलका कथा: यहुदिले येशुलाई धोका दिन्छ
मत्ती २६:१४-१६

पद याद गर्ने खेल

"यदि कसैले भन्छ कि म परमेश्वरलाई प्रेम गर्छु तर आफ्ना भाइ अथवा बहिनीहरुलाई घृणा गर्छु भने त्यो मानिस झूटो हो । यदि आफ्नो भाइ अथवा बहिनी जसलाई उसले देख्न सक्छ तर प्रेम गर्न सक्दैन भने परमेश्वर जसलाई उसले कहिल्यै देखेकै छैन, कसरी प्रेम गर्न सक्छ ?" १ यूहन्ना ४:२०

घेरा भित्र

तिमीले घृणा गर्ने कुनै व्यक्तिको निम्ति केही असल काम गर । कसैले धोका अथवा गडबड गर्न लागेको देख्दा तिम्रो जिब्रो थामी राख । उनीहरुलाई यो कुरा नबताउ अथवा कुनै समस्यामा नपारी देउ ।

पाठ ४

प्रेमको विरुद्ध आत्म सफाइ
बाइबलका कथा: असल सामरी को दृष्टान्त
लुका १०:२५-३७

पद याद गर्ने खेल

“त्यस मानिसले भन्यो, “तिमीले तिम्रो परमप्रभु परमेश्वरलाई आफ्नो सारा हृदय, सारा आत्मा, सारा शक्ति अनि सारा मनबाट प्रेम गर्नु पर्छ । अनि तिमीले आफैलाई जस्तो अरू मानिसहरूलाई पनि प्रेम गर्नुपर्छ ।” लुका १०:२७

घेरा भित्र

यो हप्ता खाँचोमा परेको कसैलाई मदत गर, सबै साहयता गर्न नसक्ने बहानाहरुलाई ध्यान नदेउ । समाजमा तिम्रो स्तरमा नभएको कसैको लागि केही विशेष काम गरिदेउ ।

पाठ ५

प्रेमको विरुद्ध आत्मिय घमण्ड
बाइबलका कथा: दाऊद राजाको रूपमा चुनिए
१शामूएल १६:१-१३

पद याद गर्ने खेल

"प्रेम धैर्य हुन्छ, प्रेम दयालु हून्छ, प्रेमले ईर्ष्या गर्दैन यसले घमण्ड गर्दैन । प्रेम रुखो हुँदैन, प्रेम स्वार्थी हुँदैन र प्रेम सजिलै रिसाह बन्दैन । प्रेमले आफ्नो विरूद्ध गरिएको खराबीको हिसाब राख्दैन । प्रेम खराबमा खुशी हुँदैन तर प्रेम सत्यसित आनन्दित हुन्छ । प्रेमले सबै कुरा धैर्यपूर्वक सहन्छ । प्रेमले सँधै विश्वास गर्छ, सँधै आशा गर्छ र यो दरिलो उभिन्छ ।"
१कोरिन्थी १३:४-७

घेरा भित्र

जब तिमीले आफ्नो ध्यान प्रेम तर्फ बडाउदछौ तब तिमीले रोक्नु पर्ने कुनै आध्यात्मिक अभ्यास छ कि छैन भनी परमेश्वरलाई सोध । यो हप्ता प्रेम देखाउनको लागि केही थप कार्यहरु गर: घमण्ड नगर, आफ्नो लागि छोडेर अरुको लागि के असल छ त्यही गर र अरुले गरेको खराबीको निम्ति उनीहरुलाई जिम्मेवार नठहराउ ।

पाठ ६

हर्षको विरुद्ध ईर्ष्या
बाइबलका कथा: धार्मिक अगुवाहरु ईष्र्यालु बने
प्रेरित ५:१२-३३

पद याद गर्ने खेल

"तिमीहरू अझै पनि आत्मिय मानिस बनेका छैनौ । आपसमा तिमीहरूको इर्ष्या र झगडा छँदैछ । यसले बुझाउँछ तिमीहरू आत्मिय होइनौ । संसारका मानिसहरूको जस्तै तिमीहरूको व्यवहार छ ।" १ कोरिन्थी ३:३

घेरा भित्र

आध्यात्मिक उपहारहरुको निम्ति परमेश्वरलाई धन्यवाद देउ । भौतिक स्वरुप, सम्पति र तिम्रो परिवार, तिम्रोमा भएको यी सबैमा आनन्दित र सन्तुष्ट हुने बनाउनुहोस भनी परमेश्वारलाई भन । विगत दिनहरुमा कसैलाई तिमीले डाह गरेकोलाई रोज र उसलाई एउटा सानो उपहार देउ (तिम्रो विगतका डाहको बारेमा नभन) ।

पाठ ७

हर्षको विरुद्ध लोभ
बाइबलका कथा: धनी जवान मानिस
मत्ती १९:१६-३०

पद याद गर्ने खेल

“हे सियोन शहर नडराऊ ! हेर ! तिम्रो राजा आइरहेछन । उनि गधाको बछेडमाथि चडेर आइरहेका छन् ।” जकरिया ” 
लुका १२:१५

घेरा भित्र

तिमी आफैसँग भएको केही व्यक्तिगत रुपैया परमेश्वरको निम्ति चर्चको भेटी थालमा हालीदेउ, यो थाहा नभई कि त्यो पैसा कसकोमा जानेछ भनेर । केही पैसा अरुको सेवा गर्नलाई प्रयोग गर । यदि तिमीसँग पैसा छैन भने, तिमीसित भएको कुनै सम्पति देउ ।

पाठ ८

हर्षको विरुद्ध निस्सहाय
बाइबलका कथा: योना र किरा
योना ४:१-१०

पद याद गर्ने खेल

"यस घडी केही समयको निम्ति साना-साना समस्याहरू सामान गर्दैछौं । तर ती समस्याहरूबाट हामीले अनन्त महिमा पाउने सहायता पाइरेहकाछौं, ति अनन्त महिमा समस्याहरू भन्दा धेरै महान छन । त्यसैले हामीले देख्न नसकिने कुराहरू हामी सोच्छौं तर जे देख्छौं ती विषयमा होइन । प्रत्यक्ष देखिने कुराहरू क्षणिक हुन्छन् अनि हामीले देख्न नसकिने कुराहरू चाँहि सँधैको लागि हुनेछन ।" २कोरिन्थी ४:१७-१८

घेरा भित्र

कुनै बेघर शरण, अथवा गरिबलाई खुवाउने सेवामा सहायता गर । नभए अस्पतालमा बिमारीलाई भेट्न जाउ । तिम्रो आँखाहरुले ठूलो चित्र देख्न सकून भनी प्राथना गर र आफैबाट यी आँखा हट्न सकून भनी परमेश्वारसँग मद्दत माग ।

पाठ ९

हर्षको विरुद्ध अकृतज्ञता
बाइबलका कथा: येशूले १० कुष्ठरोगिहरुलाई निको पार्नुभयो
लुका १७:११-१९

पद याद गर्ने खेल

"उहाँको शहरमा धन्यवादको गीत लिएर आउ । उहाँको मन्दिरमा प्रशंसाको गीतहरू लिएर आउ । उहाँको प्रशंसा गर र उहाँको नाउँलाई धन्यवाद चढाउ ।" भजन १००:४

घेरा भित्र

तिम्रो आमा बाबुलाई (अथवा कसैलाई) सधै तिमीलाई केही दिएकोमा धन्यबाद देउ । केही यस्तो कुरा रोज जुन बिना तिमी केही समय पनि रहन सक्ने छौ, यसो गर्नाले तिमीलाई यो कुरा याद गराउने छ कि त्यो चिज तिम्रोमा सधै भरि नहुन पनि सक्ला ।

पाठ १०

शान्तिको विरुद्ध चिन्ता
बाइबलका कथा: परमेश्वरले एलियालाई कागहरु द्वारा खुवाउनु भयो
१राजा १७:१-६

पद याद गर्ने खेल

"तिमीहरू अरूथोक भन्दा परमेश्वरको राज्य र उहाँको धार्मिकताको विषयमा इच्छा गर । तब उहाँले तिमीहरूलाई तिमीहरूले चाहेका यी जम्मै कुराहरू दिनुहुनेछ ।"
मत्ती ६:३३

घेरा भित्र

तिमी संघ भएको केही चिज कसैसित बाँड, त्यो चिज बिना तिमी रहनू पर्छ भनी थाहा हुँदाहुदै पनि देउ । पैसा लाग्ने चिजहरु जस्तै खाना, कपडा अर्थात गाडी भाडा । परमेश्वरलाई तिम्रो खाँचो पूरा होस भनि प्राथना गर ।

पाठ ११

शान्तिको विरुद्ध डर
बाइबलका कथा: पत्रुस पानी माथि हिँडड्छ
मत्ती १४:२२-३३

पद याद गर्ने खेल

"येशूले जवाफ दिनुभयो, ‘तिमीहरूले भूत भगाउन सकेनौ किनभने तिमीहरूमा विश्वास एकदमै कम्ती छ, म तिमीहरूलाई साँचो भन्दछु । यदि तिमीहरूको विश्वास तोरीको दाना जत्रो हुँदो होत पर्वतलाई यहाँबाट हटिजा भनेर तिमीहरूले त्यस डाँडालाई आज्ञा दिन सक्ने थियौ । ‘अनि त्यो सर्ने थियो । सबै कुरा तिमीहरूको निम्ति सम्भव थियो । ” मत्ती १७:२०-२१

घेरा भित्र

गर्न असम्भव देखिने केही कुरा रोज अनि तिम्रो डर छेउ देखि हटाइ देउ । यो कार्य गर्नलाई येशुलाई मदत माग । त्यस पश्चात पाइला चाल्न शुरु गर । (तिमीले शुरु गर्नु नै सफलता हो, यदि तिमी पत्रुस झै डुबेता पनि यो कार्य चाँहि तिमीलाई असम्भव लाग्ने कुरा रोजेर प्रयास गर्नु हो ।)

पाठ १२

शान्तिको विरुद्ध मतभेद
बाइबलका कथा: अर्को गाला फर्काईदेओ
मत्ती ५:३८-४२

पद याद गर्ने खेल

"सबैसँग शान्तिसित बस्ने चेष्टा गर ।" रोमी १२:१८

घेरा भित्र

यो हप्ता तिमीसँग केही गलत हुन देउ (यो कुरो सम्भवतः आफै हुने छ) । तिम्रो काम चाँहि यो विषय लिएर केही नगर्ने हो ।

पाठ १३

शान्तिको विरुद्ध आत्म विश्वास
बाइबलका कथा: येशूले ५००० लाई खुवाउनुभो
लुका ९:१०-१७

पद याद गर्ने खेल

"तर प्रभूले मलाई भने “मेरो अनुग्रह नै तिम्रो लागि प्रशस्त छ । दुर्वलतामा नै मेरो शक्ति सिद्ध हुन्छ ।” यसैले म आफ्नो दुर्बलताको खुशीसाथ गर्व गर्छु । तब ख्रीष्टको शक्ति ममाथि रहनेछ ।" २कोरिन्थी १२:९

घेरा भित्र

तिमी कमजोर भएको क्षेत्रमा सेवा गर्ने मौका परमेश्वरसँग माग, तिम्रो चर्चको त्यस छेत्रमा काम गर्नलाई हात बढाउ । यदि तिमी चुप छौ भने ज्यादा बोली देउ, यदि तिमी ज्यादा बोल्दैछौ भने चुप लागि देउ ।

 

एकाइ २ र ३ चाँडै आउँदैछ !