योजना

संगीत

तपाईको कक्षा नयाँ गीतहरु र एक्सन गीतहरु द्वारा शुरु गर्नुहोस् | हाम्रो वेबसाइटबाट गीत डाउनलोड गर्नुहोस् र एक्सन अनि नृत्यहरु सिक्नुहोस |

नाटक

प्रत्येक हप्ता नाटक रमाइलो बनाउनका निम्ति दुइजना अभिनेतालाई हप्ता भरिको लागि दुई व्यक्तित्वको रुपमा चुन्नुहोस: विवेकी वील्ली अनि मुर्ख फ्रेड (तपाईले आफ्नो इच्छा अनुसार नाम रोजेर बदलिन सक्नुहुन्छ) । पाठ पुर्वअवलोकन गर्नुहोस्, नाटकका विचारहरुलाई विस्तृत रुपमा पाठ आवेदनसँग मिलाउनुहोस र नानीहरुले आफुलाई बाइबलमा जस्तै पार्नको लागि उनीहरुको लागि असल र सजिलैसँग पहिरने भेषभूशा तयार पार्नुहोस् ( जस्तै एउटा टोपी अथवा चस्मा इत्यादि) ।

मुख्य पाठ

तपाईले पाठको परिचय गराए पस्चात बाइबलका कथा भन्न थाल्नुहोस् । सम्पूर्ण बाइबलका कथाको निम्ति दयागरी माथि दिईएका बाइबलका सन्दर्भलाई हेर्नुहोला किनभने यो मार्गदर्शनमा पूर्ण रुपमा लेखिएको छैन । पाठको अन्त्यमा याद राख्नुपर्ने पद्यलाई पढ्नुहोस र नानीहरु सँग प्रार्थना गर्नुहोस् ।

छात्र पुस्तक

प्रत्येक पाठको फोटोकपीहरु अथवा छात्र पुस्तक बाड्नुहोस् । पहेलीहरुसँग संघर्ष गरीरहेका नानीहरुलाई सहायता गर्नुहोस् किनभने सन्डे स्कूल पुस्तक कठिन होइन तर रमाइलो हुनुपर्छ । तपाईले नानीहरुलाई पानाहरुमा धेरै प्रकारका कुराहरु टाल्न दिन सक्नुहुन्छ । साना नानीहरुले रंग लगाउने पानाहरुमा चामल, कपासको बल, चाउचाउ अथवा रंग लगाएर सजाउन सक्ने छन । ठूला नानीहरुले उनीहरुको किताब डायरी झै बनउन सक्नेछन र त्यसमा मेट्रो टिकेट, मुद्रा र अरु वस्तुहरु टाल्न सक्छन जसले उनीहरुलाई गृहकार्यको बारेमा याद दिलाउने छ ।

गृह कार्यभार (घेरा भित्र)

पछिल्लो हप्ताको कार्यभारको बारेमा छलफल गर्नुहोस् र यस हप्ताको कार्यभार नानीहरुलाई दिनुहोस ।  ती सबै छात्र पुस्तक अनि मॅच कार्डमा अवस्थित छ । छात्रहरुलाई याद दिलाउनुहोस कि केवल कार्यभार गर्नेहरु मात्रै विजेता बन्नेछन । हामी कोही पनि चर्च गएर अथवा पद याद गरेर विजेता बन्नेछैनौ तर केवल यसमा जितेर मात्रै । हामी सुझाव दिन्छौं कि तपाईले एउटा प्रशिक्षक भएको साना समूह बनाउहोस, जसले नानीहरुको कार्यभार ट्रयाक गर्न सहायता गर्नेछ ।

(अझै जान्नलाई सानो समूहको भागमा हेर्नुहोस््)

पद याद गर्ने खेल

यस कार्यक्रममा भएका खेलहरु चाहिँ हप्ताको लागि पद याद गर्न सिक्ने हुन । दिईएका खेलहरु खेल्नुहोस् अथवा प्रत्येक हप्ता तपाईको छात्रहरुलाई मनपर्ने खेल रोज्न दिनुहोस र खेल्नुहोस् । खेल खेल्नु अगाडि नै तपाईले खेलमा चाहिने सामाग्रीहरु तयार गरेर लैजानुहोस ।

प्रश्न अनि उत्तर (ठूलो छात्रहरुको लागि)

प्रत्येक पाठमा नानीहरुले छलफल गरुन भनेर तीन-तीन प्रश्नहरु दिईएका छन् । यी प्रश्नहरु जवान व्यक्तीहरुको (उमेर १३- १५) लागि हुन तर तपाईले कुनै बहस खडा हुने छ कि छैन भनेर अरु उमेरका नानीहरुसँग पनि सोध्न सक्नुहुनेछ । यसको विचार धारणा चाहिँ नानीहरुलाई सोच्ने बनाउनु हो । यस कुरालाई काममा लगाउनको लागि चाहिँ, यो कुरो एकदमै जरुरी छ कि तपाईले उनीहरुलाई लगतै उत्तर दिनु हुदैन । जति धेरै उनीहरुले यसको लागि लड्दछन उतिनै उनीहरुले सोच्ने छन, अनि तपाई पनि उतिनै असल शिक्षक झै हुनुहुनेछ । शीर्षकलाई लिएर यदि उनीहरु वास्तविक मौखिक बहसमा परे भने, तपाईले राम्रो गरीरहनु भएको छ । यदि तपाईका नानीहरु बहसको एक पट्टी सहमत हुन थाले भनेदेखि छिट्टै गरी तपाईले अर्को पट्टी ल्याउन खोज्नुहोस् र उनीहरुलाई सोच्न अनि बोल्न दिनुहोस ।

उपस्थित इनाम कार्ड

एउटा कार्डमा हप्ताको खेलको जानकारी भएको उपस्थित इनामको रुपमा सबैलाई बाँड्नुहोस । तपाईको नानीहरुलाई वर्ष भरिनै उपस्थित हुने र सबै कार्डलाई थुपार्ने प्रोत्साहन दिनुहोस । यी कार्डहरु चाहि डाउनलोडको निम्ति उपलब्ध छन र धेरै आर्थिक रुपमा छाप्न पनि सकिनेछ । तपाईले कार्डहरुलाई याद गर्ने खेलको रुपमा पनि खेल्न सक्नु हुनेछ, प्रत्येक कार्यभारलाई पापसँग मिलाएर ।