जासूस लोगो

मुख्‍य पृष्‍ठ - जासुसहरु

आफ्‍नो म्‍याग्‍निफाइंग ग्लास औ डिकोडर लेउ कारण . . .

. . परमेश्वरको वचनको . . छानबीन गर्ने समय आएको छ!

धेरै वर्ष पहिले मैले लेखेको यो सण्‍डे स्‍कूल पठ्यक्रमलाई फेरि हेर्दा म धेरै आनन्दित छु। सोनोरा, मेक्शिकोमा पहिलो वर्ष, हामी एउटा ट्रेलरमा बस्‍ने गर्दथियौं - जहाँ वृक्षहरू, पानी वा बिजुली केही थिएन। हाम्रो वरीपरी केवल गंदगी मात्र थियो। तर, त्यही जगहमा यस पठ्यक्रमले जन्म लियो। जुन दिन मैले पहिलो पाठ लेखे, त्यस दिन परमेश्‍वर मसंग बोल्‍नुभयो औ नानीहरूको माझको सेवकाईको निम्ति सामग्री लेख्‍न जारी राख्‍न लगाउनुभयो। यही पठ्यक्रमद्वारा नै अहिले मेरो यो सेवकाईको शुरूवात भएको हो। हाम्रो सेवकाईको मुख्‍य उदेश्‍य हो - परमेश्‍वरको राज्यमा भावी पिढ़ीलाई ल्‍याउनको निम्ति, मण्‍डलीहरूको निम्ति कम मुल्यमा नानीहरूको सेवकाईको पठ्यक्रम तयार गर्नु। अहिले हामीले केही कुराहरू बदलेका छौ, केही नयाँ पजलहरू, शिल्‍पहरू औ नयाँ रूप दिएका छौं तर मलाई विश्वास छ, प्रत्येक हप्ताको गुप्त आजको नानीहरूको निम्ति त्यतिनै चाखलाग्दो हुनेछ जती यस पठ्यक्रम पढ़ने पहिले नानीहरूको निम्ति थियो। जुन सेवकाई 30 वटा चर्चबाट शुरूभयो औ सयौं चर्चहरू सम्म पुग्यो, अहिले संसारभरि हजारौ मण्‍डलीहरू कहाँ पुगेको छ। परमेश्‍वरको बुलाहटको निम्ति म उहाँ प्रति धन्यवादी छु औ म खुशी छु कि मैले उहाँको बुलाहट सुन्न सकें।

मत्तीको पुस्तकमा भएका उखानहरू मलाई धेरै मनपर्छ। यो पठ्यक्रम धेरै सहज छ। तर जब हामी येशूको दृष्‍टान्‍तहरू हेर्दछौं हामी देख्‍दछौं कि यो उखानहरू सहज छैन्न| येशूले भीड़लाई उखानहरूद्वारा सिकाउनुभयो। मानिसहरूले उहाँको उखानहरू बुझ्‍न खोज्‍थे, तर उहाँले आफ्‍नो चेलाहरूको निम्ति उखानको अर्थहरू खोलिदिनुहुन्थ्यो|

शिक्षकको रूपमा तपाँईको काम हो नानीहरूको कल्‍पनालाई उत्तेजीत पार्नु। उनीहरूलाई कल्‍पना गर्न दिनुहोस कि उनीहरू जासुसहरु हून्‌। उनीहरूले यस 13 हप्‍तामा परमेश्‍वरको दृष्‍टान्‍तहरूको अर्थ खोल्‍नेछन्‌। तपाँईले नानीहरूलाई जती धेरै आफै अर्थ खोजीनिकाल्‍न दिनुहुनेछ, उनीहरूले त्यतिनै ज्यादा सिक्नेछन्| यसरी उनीहरूले यस पठ्यक्रमको गोप्य संदेश भेटाउनेछन - ‘‘परमेश्‍वरलाई भेटाउन सकिन्छ ... आफ्नो ह्रदयमा’’

‘‘परमेश्‍वरलाई भेटाउन सकिन्‍छ ़ ़ ़ आफ्‍नो ह्रदयमा’’

सामाग्रीहरु

निःशुल्‍क डाउनलोड

हामी संग भएको विभिन्न सामाग्रीहरु हेर्नुहोस्‌। निःशुल्‍क किताबहरू औ सण्‍डे स्‍कूल संसाधनहरू डाउनलोड गर्नुहोस्‌।

अझ हेर्नुहोस्‌

Decoderडिकोडर



छात्र पुस्तकमा गोप्य संदेशहरू छन्‌ औ ती भेट्टाउनलाई डिकोडर एकदमै जरूरी छ।

अझ हेर्नुहोस्‌

Planningयोजना



खेलहरू, गुप्त संदेशहरूको सहायताले तपाँइको कक्षाको योजना बनाउनुहोस्‌।

अझ हेर्नुहोस्‌