The Bridge Logoयोजना

सहज भी बी एस

तपाँईको हातमा एक सहज, सजीलो संग आयोजन गर्न सकिने भी बी एस छ। तारिख चुन्नुहोस, केही सहायकहरू भेला गर्नुहोस, छर छिमेकमा केही पोस्टरहरू लगाउनुहोस औ भी बी एसको निम्ति तयार हुनुहोस्।
धेरै सहयोगीहरुको झुण्ड हुँदा भी बी एस रमाइलो हुन्छ, यसैले हामीले धेरै मान्छेलाई सङ्लग्न गराउन कामलाई विभिन्न प्रकारका भूमिकहरुमा विभाजित गरेका छौ।

भी बी एस को कार्यभार बाड्नका लागि तल एउटा नमूना दिईएको छ।
1 जना भी बी एस निर्देशक
1 जना अगुवा - गीतहरूको निम्ति
1 जना प्रचारक - मुख्य पाठहरूको निम्ति
2 अभिनेताहरु - नाटकको निम्ति (कप्तान अनि रोबोट)
1 जना कडेट कक्षाको लागि संयोजक (विध्यार्थीको किताबहरु भएको कक्षा)
1 जना इंजिनियरिंग (शिल्प) संयोजक
1 जना चिया खाजा कोठाको संयोजक
1 जना खेलकुद संयोजक
6-10 अगुवाहरू, सानो दलहरूको निम्ति

नाटक औ चित्रहरूBlast Off! Galaxy Express

प्रत्येक दिन कप्तानले नानीहरूलाई अंतरीक्ष वाहनमा आफ्नो रोबटको सहायताले एक अंतरिक्ष यात्रामा लानेछन्।
कप्तान एक गम्भिर मानिस हुन् कारण उनी जहाजको देखरेख अनि सुरक्षाको जिम्मेवार छन् औ उनको अर्को जिम्मेवारी हो नानीहरूलाई हप्ता भरि आत्मिकी शिक्षा दिनु। उनले आफ्नो सहयोगी रोबटलाई नानीहरूको माझ चिना पर्ची गर्नेछन्। यो रोबट अल्छे छ अनि धेरै समय असल संग आफ्नो काम गर्न सक्षम बन्दैन। धेरै समय उनको मुखबाट शब्दहरूको सट्टा केवल केही आवाज मात्र निस्कने गर्छ। हलचल गर्नका लागि उसको जोड़नीहरूमा सधैं तेलको जरूरत पर्छ।
प्रत्येक दिन कप्तान औ रोबटले त्यस दिनको मुख्य पाठ नानीहरूलाई बताउनेछन्। कप्तानले नानीहरूलाई शिल्पहरू औ अरू दिनभरिको कार्यको विवरण दिनेछन्।
नाटकहरू दिनको शुरूको निम्ति बनाईएका छन् तर तपाँईले ती नाटकहरू दिनको अन्तमा पनि गर्न सक्नुहुनेछ। नाटककारहरूलाई खेलकुदमा शामिल गर्न सक्नुहुन्छ औ कक्षाहरूमा केही समयको निम्ति लान सक्नुहुन्छ। यसरी नानीहरुले कप्तान अनि रोबटलाई चिन्नु मनपाराउने छन।

कार्य मा, बाँच्न!

प्रत्येक दिन नानीहरूले दिनको निम्ति एक वाक्य सिक्नेछन् औ एक्शन सहित प्रतिक्रियाहरू। यी प्रतिक्रियाहरू धेरै महत्वपूर्ण हुन् कारण यसले नानीहरूलाई मुख्य पाठ सिकाईन्दा जोशिलो राख्नेछ औ तपाँईको कार्यक्रम खास बनाउनेछ। भी बी एस अवधी भरि , जब अगुवाले कुनै समयमा दिनको वाक्यांश चर्चा गर्ने छ तब नानीहरूले त्यसको सठीक प्रतिक्रिया एक्शन सहित दिनुपर्नेछ। उनीहरूले यी प्रतिक्रियाहरू कप्तान औ रोबट द्वारा नाटकको समय सिख्नेछन्।

Message Relay Galaxy Expressसन्देश प्रसारण

पाठ 1

नेता: “परमेश्वरलाई पुकार!”

छात्र: यस पाठमा, प्रत्येक पल्ट जब विघ्‍यार्थीले ‘‘परमेश्‍वरलाई पुकार’’भनेर सुन्नेछन, उनीहरूलाई ‘‘परमेश्‍वर, मलाई सहायता गर्नुहोस्‌!’’ भन्न सिकाउनुहोस्‌। यसबेला उनीहरू उफ्रंदै दुवै हात परमेश्‍वरतिर उठाउने छन।

Message Relay Galaxy Expressसन्देश प्रसारण

पाठ 2

नेता: “परमेश्वरलाई जवाफ देउ!”

छात्र: “यस पाठमा, प्रत्येक पल्ट जब नानीहरूले, ‘‘परमेश्‍वरलाई उत्तर देउु’’ भनेर सुन्नेछन, उनीहरूले आफ्‍नो हात कानमा राखेर यसो भनेर उत्तर दिनु पर्नेछ, ‘‘ज्‍यू प्रभु।’’ त्‍यसपछि उनीहरूले सिपाहीहरूले जस्‍तै एकसाथ आफ्नो दुवै खुट्टा बजाएर भन्ने छन ‘‘म यहाँ छु’’।

Message Relay Galaxy Expressसन्देश प्रसारण

पाठ 3

नेता: “परमेश्वरको आज्ञापालन गर!”

छात्र: आजको पाठमा प्रत्येक पल्ट जब विद्यार्थीले ‘‘परमेश्‍वरको आज्ञा मान्नु’’ भनेर सुन्नेछन, उसले ‘‘म अघि बढनु पर्छ’’ भनी प्रतिउत्तर दिनु पर्छ, अनि उठेर यता-उता हिँड़दै अर्को साथीसँग सिट्‌ बद्‌ली गर्नुपर्छ।

Message Relay Galaxy Expressसन्देश प्रसारण

पाठ 4

नेता: “परमेश्वरको प्रतिक्षा गर!”

छात्र: प्रत्येक पल्ट जब विद्यार्थीले ‘‘परमप्रभुमा पर्ख’’ भनेर सुन्नेछन, उनीहरूले यसरी उत्तर दिनेछन्‌, ‘‘म तयार छु’’ अनि उनीहरू उफ्रंदै मुक्का हानेको चालहरू बनाउनेछन्‌ र भन्नेछन‌, ‘‘तर म पर्खनु पर्छ’’ अनि उनीहरू हात एकसाथ राखेर बस्नेछन।

Message Relay Galaxy Expressसन्देश प्रसारण

पाठ 5

नेता: “परमेश्वरको आराधना गर!”

छात्रः प्रत्येक पल्ट जब विध्‍यार्थीले यसो भनेर सुन्नेछन, ‘‘परमेश्‍वरको आराधना गर’’ उनीहरूले हाथ उठाएर उत्तर दिनेछन् ‘‘म तपाँईको आराधना गर्छु’’

खेलकुदखेलकुद

यस कार्यक्रमका खेल सबै नानीहरूलाई एकैसाथ राखेर 2 देखि 4 दल बनाएर खेलिनेछ। सबैभन्दा सजिलो केटाहरू र केटीहरूको विभिन्न दल बनाउनु हुनेछ। प्रत्येक खेलको निम्ति केही सहयोगीहरू भए असल हुनेछ। प्रत्येक दलले खेलको निम्ति केही खेलाड़ीहरू चुन्नेछन् औ अरूहरूले उनीहरूको नाम कराएर जोश दिनेछन्। नानीहरूको मजाको निम्ति एक दिनमा छोटो समयको निम्ति धेरै खेलहरू खेलाउनुहोस्।
खेलकुदमा भाग लिने खेलाड़ीहरू चुन्ने एउटा तरिका हो कक्षामा असल व्यवहार गर्ने नानीहरू चुन्नु। उनीहरूलाई चुनेपछि अरूहरू बाट छुट्टाउनको निम्ति केही दिनुहोस-गलामा बाँध्नको लागि केही चीज अथवा एक कार्ड।
प्रत्येक खेल कार्यक्रमको अघि आफ्ना सहयोगीहरू संग सर सल्लाह गर्नुहोस औ भी बी एस अझ रोचक बनाउनुहोस। सर सल्लाह गर्दा टी भी को शोहरु सम्झनुहोस ओै केहि विचारहरू त्यहाँ बाट लिनुहोस। खेलकुदको जगह सजाउनुहोस औ केही गीतहरू बजाउनुहोस र एक रोचक महौल सृजना गर्नुहोस्। त तयार हुनुहोस र रमाइलो गर्नुहोस्।

Schedule Galaxy Express Sunday Schoolतालिका

2 - 2.5 घण्टाको कार्यक्रम
ब्रीज सबै जना ठूलो झुण्डमा (50 मिनट)

  • गीत - 20 मिनट
  • शुरूको नाटक - 10 मिनट
  • मुख्य पाठ औ मेमोरी भर्स - 20 मिनट

घुमिरहने स्टेशनमा उमेर अनुसार तीन वोटा साना झुण्डहरुमा विभाजीत गर्नुहोस् (1 घण्टा)

  • विध्यार्थी किताबहरु सॅंग कडेट कक्षा (20 मिनट)
  • शिल्प सहित इन्जिनियरिंग (20 minutes)
  • चिया खाजा सॅंग मेस हल (20 minutes)

ठूलो झुण्डमा ब्रिज खेल कुद - 30 मिनट

अन्तिम गीत औ सुचना - 10 मिनट

घुमिरहने स्टेशनहरु

हरेक दिउसो नानीहरु तीन झुण्डमा विभाजीत भए विभिन्न स्टेशनहरुमा घुम्ने छन्: मेस हल(चिया खाजा अनि अन्तरिक्ष प्रयोग), इंजिनियरिंग(शिल्प), र कडेट कक्षा (छात्र पुस्तक अनि पाठ समिक्षा)।

Mess Hall Station Galaxy Expressमेस हल

खाजाको समय कुराकानी गर्न केही ज्ञानका कुराहरू

यहाँ तपाईले यी खाध्य व्यंजनहरू बनाउने निर्देर्शनहरू पाउनुहुनेछ। नानीहरूले खाने कुराहरू आफै बनाउनमा आनन्द लिनेछन्। खाएपछि सफा गर्न सिकाउने मौका नगुमाउनुहोस्!

Factoid Galaxy Expressकेही ज्ञान: खाजाको समय कुराकानी गर्न केही ज्ञानका कुराहरू
खाजाको समयमा नानीहरूसंग पाठ संग मिल्दो केही ज्ञानको कुरा गर्नुहोस औ उनीहरूको जीवनमा ती ज्ञान काममा लगाउने तरिकाहरू बताउनुहोस्। अधिक जानकारी मेस हलको अगुवाको पर्चामा पनि पाईन्छ।

Engineering Station Galaxy Expressइन्जिनियरिंग

शिल्‍प

यहा तपाईले शिल्पको लागि नमूना, चाहिने र इछ्या अनुसारको समान र निर्देशन पाउनु हुनेछ। गैलेक्सी एक्सप्रेस भी बी एस को प्रत्येक शिल्पकार्य ले एक कागज प्रयोग गर्छ। नमुनाहरु अनलाईन डाउनलोड गर्नुहोस। र शील्प बारे जानकारी, निर्देशन पुस्तिका अथवा इंजिनियरिंग पर्चामा हेर्नुहोस् होला।

Cadet Class Galaxy Expressक्याडेट कक्षा

छात्र पुस्तक समीक्षा स्टेशन

यहाँ तपाँईले हातको इशाराले केही मुख्य शब्दहरू भन्न सिक्नुहुनेछ। यी शब्दहरूको इशारा नानीहरूलाई सिकाउनुहोस औ त्यस दिनको पाठको समीक्षा गर्नुहोस्। यो जानकारी क्याडेट कक्षा अगुवाको पर्चामा पनि पाईन्छ।

उदाहरणका: परिवार
बुढी औँला चोर औँलालाई छोएर बाहिरी घेरो बनाउनुहोस्‌।
Family in Sign Language