नानीहरू महत्वपूर्ण हाम्रो बारेमा सम्पर्क सण्डे स्कूल कार्यक्रम भी बी एस कार्यक्रम मेरो सीएमयु: प्रशिक्षण
तपाईहरुलाई हाम्रो तर्फबाट एउटा चकित पर्ने कुरा छ । तपाईलाई लाग्दै होला कि तपाईले सन्डे स्कूलको शिक्षक बन्नलाई सोच्नु भएको होला तर अब तपाईको कामको विवरण शिक्षक देखि प्रशिक्षकमा परिणत भएको छ । हो यो ठीक हो, यस वर्ष हामी एउटा मुक्काको विषय लिएर बाइबल पढ्ने छौं र आशा गर्दछौ कि यसपाली हामी खेलकुद द्वारा मज्जा गर्नेछौ । प्रिय शिक्षक, अहिलेनै शुरु गर्नुहोस् । शिक्षक हुनुको बदला प्रशिक्षक बन्नुहोस अनि यसो गर्नाले तपाईलाई प्रत्येक नानिको बारेमा ध्यान दिने प्रेरणा दिनेछ र उनीहरुको विजेता बन्ने प्रयासको प्रगति पनि देख्नुहुनेछ ।
३-७ जना नानीहरु भएको सानो समूह बनाउनुहोस । हरेक समूहलाई प्रशिक्षकको खाचो हुनेछ । प्रशिक्षकहरुलाई हरेक हप्ता कक्षामा आउनु पर्दैन तर प्रत्येक हप्ता नानीहरु अथवा "खेलाडीहरुलाई" जाँच गर्नु आवश्यक छ । संगठित र सबै प्रशिक्षकहरुलाई प्रेरित गर्न एउटा मूल प्रशिक्षकलाई चुन्नुहोस् ।
हप्ताको कार्यभार गर्न मदतको लागि तपाईको कक्षालाई सानो-सानो समूहमा छुट्याउनुहोस् । प्राय सन्डे स्कूल कार्यक्रमहरु चर्चमा हुने गर्द्छन र हप्तामा गर्ने गृह कार्यभारको जरुरी हुदैन । तर तपाईको नानीहरुले केवल पढेर मात्र उनिहरुको पापलाई जित्न सक्दैनन । उनीहरुले वास्तवमा "घेरा भित्र" पसेर नै हप्ता भरिको पापलाई सामना गर्नु पर्छ । ईमान्दारिपुर्वक भनौ भने यसलाई हेर्नका लागि कोही पनि छैन भने यो गर्न असम्भव हुनेछ । दयागरी "उनीहरुको शब्दमा" भरोसा नगर्नुहोस् र उनीहरुले कार्य गरेको कुरालाई स्वीकारनुहोस् । यदि यस कार्यक्रमलाई लिएर तपाई लापरवाही हुनु भयो भने तपाईले आफ्नो नानीहरुलाई झुट बोल्न सिकाइरहनु भएको हुनेछ । तर तपाईले सोच्नुहोस कि तपाईले साँचै नै नानीहरुलाई प्रशिक्षण दिएर, उनीहरुको गृहकार्यको पछि लाग्नु भयो भने तपाईले उनीहरुको जीवनमा साँची नै ठूलो परिवर्तन देख्नुहुनेछ । केवल एक वर्षमा, तपाईले उनीहरुको जीवनलाई बदल्न सक्नुहुनेछ । तपाईको नानीहरुले आत्माको फल याद गर्ने होइन तर साँची नै यसमा जीउन सिकिरहेका हुनेछन !
यस सानो समूहलाई सुविधापूर्वक हेर्नका निम्ति तपाईको प्रशिक्षकहरुको लागि पर्चा अनि मुख्य प्रशिक्षकको लागि सानो पुस्तक हामीले बनाएका छौ । प्रशिक्षकहरुको पर्चा चाहि प्रत्येक महिना र प्रत्येक आत्माको फलको लागि हो । मुख्य प्रशिक्षकको पुस्तकमा ३ महिनाको लागि कार्यभारहरु पाइने छ ।
केवल डाउनलोड गर्न उपलब्ध छ ।
सबै प्रशिक्षणको जानकारी एकाइ १ को लागि एउटै स्थानमा । यो "मुख्य प्रशिक्षक" लाई दिनुहोस - पर्चा १
यहाँ प्रशिक्षक फेला पर्ने केही विचारहरु छन:
मुख्य प्रशिक्षकको मुख्य काम चाँहि प्रशिक्षकहरुलाई प्रेरणा दिनु हो । यसो गर्नुको एउटा जरुरी तरिका चाँहि प्रेरणादायक सभा राख्न हो । तपाईले खाना प्रदान सँगै प्राथना गर्न खेल तथ्यांक हेर्न र कसरी हामीले यसलाई इशाइ जीवनमा प्रयोग गर्न सक्छौ भनेर हेर्न सक्नुहुनेछ । यसबाहेक तपाईले ओलम्पिक खेलाडिहरु अथवा प्रेरणादायक खेल चलचित्र पपकर्न अथवा मिठो-मिठो खानेकुरासँग हेर्न सक्नुहुनेछ । तपाईका प्रशिक्षकहरुसँग छलफल गर्नुहोस् कि यदि यी खिलडीहरुले गरेको मिहेनती काम मूल्यवान थियो भने, के हामीले आत्मीय र अनन्तको लाभको लागि अझै मिहेनत गर्नु अझै मूल्यवान होइन र ?
केवल डाउनलोड गर्न उपलब्ध छ ।
प्रत्येक महिनाको लागि सबै प्रशिक्षकलाई यो दिनुहोस् । १ एकाइ : प्रेम, आनन्द र शान्ति