विजेता घर

प्रिय शिक्षकहरू,
हामी प्राथना गर्छौ कि परमेश्वरले तपाईलाई उहाको सेवा र सारा विश्वभरिका नानीहरु बीच सेवा गर्दा तपाई प्रत्येकलाई आशिष् देउन । तपाईहरुले फरक ल्याउनु हुदैछ, अनि अनन्तको निम्ति जीवनहरु परिवर्तन गर्नु हुदैछ ।

तपाईहरुलाई हाम्रो तर्फ बाट एउटा चकित पार्ने कुरा छ ।  तपाईलाई लाग्दै होला कि तपाईले सन्डे स्कूलको शिक्षक बन्नलाई सोच्नु भएको होला, तर अब तपाईको कामको विवरण शिक्षक देखि प्रशिक्षकमा परिणत भएको छ ।हो यो ठीक हो, यस वर्ष हामी बाइबल एउटा मुक्काको विषय लिएर पढ्ने छौ र आशा गर्दछौ कि यसपाली हामी खेलकुद द्वारा मज्जा गर्नेछौ । प्रिय शिक्षक, अहिले नै शुरु गर्नुहोस् । शिक्षक हुनुको सट्टा प्रशिक्षक बन्नुहोस, अनि यसो गर्नाले तपाईलाई प्रत्येक नानीको बारेमा ध्यान दिने प्रेरणा दिनेछ, र उनीहरुको विजेता बन्ने प्रयासको प्रगति देख्दा पनि ।

हामी आत्माको फलको बारेमा पढ्नेछौ । फललाई मात्र हेरेर होइन तर हाम्रा शरीरको कयौ पापहरुलाई हेर्दै जुन यी आत्माको फलहरु विरुध लड्दछन । तपाईको उदेश्य चाहि तपाईको विद्यार्थीहरूलाई कसरी विजेता बन्ने भनी सहायता गर्नु हो । यसो गर्नको लागि उनीहरुले बाइबलका कथा र पध याद गर्ने मात्र होइन तर उनीहरुले आत्माको फलको कार्य आफ्नो दैनिक जीवनमा लगाउनु पर्ने छ ।

जब तपाईको छात्रहरु सन्डे स्कूल कक्षामा हुनेछन, तपाईले उनीहरुलाई यो भनेर सम्झना दिलाउनुहोस कि उनीहरु प्रशिक्षणमा छन । उनीहरु कसरत गरी रहेका छन, अनि परमेश्वरको बारेमा र पापसॅंग कसरी लड्ने भनी अझै अध्ययन गरी रहेका छन । यस कारणले तपाईको चर्च एउटा प्रशिक्षण केन्द्र हो ।

जब तपाईको छात्रहरु बाहिर संसारमा जानेछन, उनीहरु वास्तवमा लड्ने घेरा भित्र हुन्छन । यो चाँहि जहाँ उनीहरुले आफ्नो पापी इच्छाहरूसीत लड्ने छन । त्यस कारण उनीहरुको घर र स्कूल चाहि वास्तविक प्रतियोगिता र मुक्का खेल हुन । यो किनभने हामी चर्चमा देखावटी गर्नु र सही उत्तर दिनुमा खुब्बै राम्रो छौ । दया पाएर नानीहरुले चर्चमा पधहरु याद गरेर अथवा सिकेर प्रतियोगिता जिते भन्ने सोच हटाई दिनुहोस । यो प्रशिक्षण मात्र हो । तर साँचो लडाई चाँहि उनीहरुको जीवनमा हुनेछ । उनीहरुले खेल जित्नेछन जब उनीहरुले सिकेका कुराहरु अभ्यास गर्नेछन ।

तपाईको अन्तिम काम चाँहि नानीहरू सफल बनेको खण्डमा उनीहरुलाई प्रोत्साहन र इनाम दिनु हो ।केही इनामहरु दिनलाई तयार हुनुहोस । उनीहरुलाई प्रत्येक लडन्त जितेकोमा अंगालो मारेर अथवा जोडले कराएर प्रोत्साहन दिनुहोस । तपाईले इनाम दिने व्यवहार चाँहि त्यो व्यवहार हुनेछ जुन उनीहरुले तपाई, प्रशिक्षकलाई खुशी पार्ने प्रयासमा गरेका हुन ।

हामी आशा गर्दैछौं कि तपाईले प्रशिक्षक झैं लुगा लगाऊदा, खेल प्रशिक्षण केन्द्र झैं कक्षा सजाउदा र पुरस्कार समारोह हुँदा बडो मजा लिनुहुनेछ । आत्माको फलहरु द्वारा जीवित सफलता आउनेछ, जसरी खेलकुदमा अरुभन्दा बढी मिहेनत गर्नेले पाउँदछ । तपाईले आफ्नो छात्रहरुलाई मिहेनती र विजयी बन्ने प्रेरणा दिन सक्नुहुनेछ । उनीहरु माथि कसैले विश्वास नराख्दा तपाईले राख्नुहोस र परमेश्वरले उनीहरुको जीवनमा अचम्मका कामहरु गरेको देख्नुहोस ।

तपाईले आत्माको फलहरुको बारेमा आफ्नो विद्यार्थीहरूलाई प्रशिक्षण दिने चुनौती लिँदा, हाम्रा प्रभु परमेश्वरले तपाईंलाई प्रेरित गरुन । हामी प्राथना गर्छौ कि तपाईले सन्डे स्कूल शिक्षक/शिक्षीकालाई दिएका हरेक सीमहरुलाई तोड्नु हुनेछ र तपाईका नानीहरुको जीवनको निम्ति साँचो प्रशिक्षक बन्नु हुनेछ ।

श्रोतहरु

निशुल्क डाउनलोड गर्नुहोस !

हाम्रो श्रोत पृष्ठमा के उपलव्ध छ हेर्न आउनुहोस......... र त्यहि समयमा किताबहरु र अरु सन्डे स्कुलका निशुल्क साधनहरु डाउनलोड गर्नुहोस !

अझै पढ्नुहोस

लोगो

आफ्नो सन्डे स्कुल सुरु

गर्न यी निशुल्क उपकरण जाँच गर्नुहोस !

अझै पढ्नुहोस

शिल्प

नानीहरुले शिल्प गर्न मन पराउँछन ।

शिल्पले सधैं कक्षालाई अधिक रमाइलो बनाई दिन्छ । तपाईं जुनसुकै देशबाट भएपनि यी योजनाहरु गर्न सजिलो हुनेछन । नमुनाहरु निशुल्क डाउनलोड गर्नुहोस र शिल्प सुरु गर्नुहोस ।

अझै पढ्नुहोस