विश्वासका हिरोहरु

स्वागत छ विश्वासका हिरोहरु सन्डे विद्यालयमा ! पढाईको यस शृंखलामा, हामीले हिब्रु ११ मा भेटिएका विश्वासका हिरोहरुको सूचीमा हेर्नेछौं । किनकी हाम्रो भौतिक जीवनभन्दा हाम्रो आध्यात्मिक जीवन धेरै महत्वपूर्ण छ, हामीले कसरी विश्वासको जीवन पाउन सक्छौं भन्ने कुरा पनि सिक्नेछौं । हामीले मुल्यांकन गर्नेछौं कि किन जीवनको सामान्य निर्णयभन्दा आध्यात्मिक निर्णय धेरै महत्वपूर्ण छन । उनीहरुले यी प्रश्नको उत्तर दिनेछन जबकी हामीले प्रभुमा विश्वास गरेका, प्रभुसँग बोलेका र प्रभुको लागि बाँचेका पुरुष तथा महिलाहरुको जीवन परिक्षण गर्दै गर्नेछौं । उनीहरु हाम्रा लागि एउटा उदाहरण हुन् । कहिलेकाँही हामीले मानिसले गरेका राम्रा काम देख्नेछौं र अरुबेला हामीले उनीहरुको गल्तीबाट सिक्नेछौं ।