बी एस कार्यक्रम

मुफ्त, अनलाइन भी बी एस पाठय्ाक्रम डाउनलोड। किताबहरू, संगीत औ शिल्प लगायत।

प्रिय मित्रहरू, नानीहरू परमेश्वरको निम्ति महत्वपूर्ण छन् औ हाम्रो निम्ति पनि। परमेश्वरको लागि उनीहरू सम्म पुग्नलाई तपाँईलाई सहयोग गर्ने हाम्रो काम हो। हामी प्रत्येक साल नयाँ सण्डे स्कूल अनि भी बी एस पाठ्यक्रम तयार गर्छौ अनि ती पाठ्यक्रमहरू विभिन्न भाषाहरूमा अनुवाद गर्छौ, ताकि पूरा भारतका नानीहरूले सुसमाचार सुन्न पाउनेछन्।

ऊँट रोमाञ्च

नयाँ र रोमाञ्चक बिदा बाइबल विद्यालय कार्यक्रम "ऊँट रोमाञ्च" मा स्वागत छ! आफ्ना छोराछोरीहरूलाई ऊँट र साम्राज्यहरूसँग जंगली साहसिक कार्यमा लैजानुहोस् किनभने हामीले भ्रष्ट संसारमा इजरायलीहरूले कैदमा गरे जस्तै साहसपूर्वक परमेश्वरलाई पछ्याउन सिक्छौं।

खेतीमा जाऔं

"खेतीमा जाऔं" भिबिएसमा स्वागत छ जहाँ हामीले पिटरको बारेमा पढ्ने छौं र जहाँ हामीले जीवनमा राम्रा छनोटहरु गर्ने कुरा सिक्नेछौं ! हामी आफै भाइनयार्ड खेलहरु, भण्डार शिल्पहरु, सिलो कक्षा, र पिटरसँग एउटा पिकनिक मार्फत रमाइलो गरौँ ! तपाईंले येशू ख्रिस्ट र पिटरले तपाईंको चर्च भ्रमण गरेको पनि पाउन सक्नुहुनेछ । बाइबलीय समयबाट पोशाकहरु सिर्जना गर्न सजिलो छ ।

सिमितता नभएको गन्तव्य

हामी सबै संग के बन्ने भन्ने सपना हुन्छन् । प्रभुले हाम्रो प्रयोग गरी केही ठूलो कार्य गराउन चहानुहुन्छ भन्ने हामीमा आशा छन् । यो विद्यालय, वा चर्च, वा राजनिती, वा अस्पताल, वा संसार सम्म पुग्न मुनाफा रहित संस्था हुन सक्छ । प्रभुलाई हरेक क्षेत्रमा सक्षम मानिसहरु चाहिन्छ र हामी ती मध्ये एक बन्ने आशा राख्दछौं । जसरी हामीलाई प्रभुले प्रयोग गरिरहनु भएको कल्पना गर्दछौं, त्यसै गरी चर्च र समाजमा हाम्रो बच्चाहरुले पनि आशा राख्दछन् । तिनीहरुले आशा गर्छन् र सपना देख्छन् कि एकदिन उनीहरु के बन्नेछन् भनी । उनीहरुले प्रभुले उनीहरुका जीवनका लागी ठूलो योजना बनाउनु छ भनी सपना देख्छन् ।