हाम्रो बारेमा

नानीहरू महत्वपूर्ण छन्, भारतहामी को हौं?

हाम्रो सामग्री निःशूल्क डाउनलोड गर्न, निःशूल्क उपयोग गर्न, निःशूल्क छाप्न अनि अरू चर्च मा कुनै दायित्व बिना वितरण गर्न तपाई स्वतंत्र हुनुहुन्छ।"नानीहरु महत्वपूर्ण छन" 2005 मा स्थापित एक अंतर-सांप्रदायिक, पैरा-चर्च संगठन हो। हामी मुख्य रूपमा नानीहरूको सेवकाईको निम्ति सामाग्री तयार गर्नमा ध्यान दिन्छौं।

अरू संगठनहरू भन्दा हामी दुई प्रकारले भिन्न छौं। पहिले, हामी हाम्रा सबै पाठ्यक्रमहरू निःशुल्क अनलाईन डाउनलोडको रूपमा उप्लब्ध गराउँछौं। हाम्रा मुद्रित सामाग्रीहरूमा लागतको मुल्य रहन्छ तर फोटोकपीहरुमा हामी प्रतिबन्धित छैनौ। दोस्रो भिन्नता यो हो कि हामी प्रत्येक साल नयाँ पाठ्यक्रम तयार गर्ने गर्छौ।

हामी मेक्‍सिको शहर देखि एक घण्‍टाको दूरीमा स्‍थित छौं। दस साल देखि "Los Niños Cuentan" को नाम मा लैटिन अमेरिका को निम्ती हामीले स्‍पानिशमा सामग्री तयार गर्दै आएका छौं। 2014मा हामीले अंग्रेजी भाषामा हाम्रा पाठ्यक्रमहरू अनुवाद गर्यौ। 2015मा हामीले यी पाठ्यक्रमहरूलाई पर्तुगीस, हिन्‍दी, तेलुगु, कन्‍नाडा, मल्‍यालम औ मराठीमा अनुवाद गर्न शुरू गरेका छौं। हालमा हाम्रो 20 जना स्‍टाफहरू छन्‌ जो पाठ्यक्रमहरू तयार गर्न, छाप्‍न, अनुवाद गर्न अनि अफिॅसमा काम गरिरहेका छन्‌। तपाँईलाई सहायता गर्नको निम्ती हामी ख्रिष्‍टमा भाईहरू र बहिनीहरूको एक दल हौं।

तपाँई यहा नानीहरूको जीवन परिवर्तन गर्नलाई हुनुहुन्छ, हामी तपाँईलाई सहायता गर्नलाई यहाँ छौं।

सम्पर्क जानकारी

ओटुम्बा, मेक्सिको
देश कोड : 52

592 924 9041
info@childrenareimportant.com

Our print shopहाम्रो सेवकाई

विश्वका धेरै चर्चहरू पर्याप्त संसाधनहरू बिना , अर्को पिढी कहाँ पुग्न प्रयाश गरीरहेका छन्। हाम्रो सबै पाठ्यक्रमहरू निःशुल्क अनलाईन डाउनलोडको रूपमा उप्लब्ध छ औ वितरण र फोटोकपी गर्न तपाँई स्वतंत्र हुनुहुन्छ। तपाँईले ठीक पढ़नुभयो! यी सामाग्रीहरू सबै निःशुल्क छन्।

प्रत्येक वर्ष हामी नयाँ पाठ्यक्रमहरू तयार गर्ने गर्छौ। यसरी तपाँईले भोलीको बारेमा चिन्ता नगरी आज उपलब्ध सबै पाठ्यक्रम प्रयोग गर्न सक्नुहुन्छ। आउने सालको निम्ति पूण रूपले नयाँ पाठ्यक्रमहरू हामी तयार गर्नेछौं। तपाँईले प्रत्येक हप्ताको पाठ्यक्रम डाउनलोड गर्न पर्दैन कारण हाम्रो सण्डे स्कूल पाठ्यक्रम 13-हप्ता को युनिटमा आँउदछ। एक युनीट डाउनलोड गर्नुहोस अनि अग्ला तीन महिनाको लागि तपाँई तयार हुनुहोस्।

हालमा प्रत्येक दिन हाम्रो वेबसाइट 1000 भन्दा बेसी मानिसहरूले हेर्छन्। लगभग 10जी बी सामाग्री 28 देशहरू बाट डाउनलोड गरिन्छ। लगभग 700 पुस्तकहरू प्रत्येक दिन डाउनलोड गरिन्छ। हामी भन्न सक्छौ कि बितेको सालमा 15 लाख नानीहरूले हाम्रो पाठ्यक्रमद्वारा परमेश्वरको बारेमा सिखें। परमेश्वरलाई प्रशंसा होस!

आवश्यक्ता ठूलो छ अनि मुद्रण महंगो हुनसक्छ, यसैकारण हामीले मेक्सिको मा एउटा छापाखाना पनि शुरू गरेका छौं। हामी लगत मुल्यमा स्पेनिश पाठ्यक्रमहरू बेच्छौं। हामी यहाँ पैसा कमाउन हैन तर अर्को पिढीलाई परमेश्वर चिनाउन यहाँ छौं। 2014मा हामीले 13 विभिन्न सम्प्रदायका 2500 चर्चहरूको निम्ति 150000 भन्दा ज्यादा नानीहरूको निम्ति सामाग्रीहरू छाप्यौं। हामी चाढ़ै भारतको निम्ति पनि मुद्रण शुरू गर्नेछौं भन्ने आशा राखेका छौं।

हाम्रो दर्शनको दोस्रो भाग प्रशिक्षण र शिक्षकहरूको निम्ति व्यावाहारिक सुझाउ दिन हो। हामी सण्डे स्कूल शिक्षकहरूको निम्ति असल पाठ्यक्रमहरू तयार गर्न चहान्छौं ताकि उनीहरू वास्ताविक सेवकाईमा ध्यान लगाउन सक्षम बन्नेछन्। हामीलाई थाह छ की सण्डे स्कूल चलाईरहन, वा ब्रेकफास्ट कार्यक्रम चलाईरहन या सण्डे स्कूलको निम्ति चाहिने सामाग्री किन्नको निम्ति धनको जुगाड़ गर्न सजिलो कुरा छैन। कोही बेला तपाँईले हार मान्नुहुन्छ तर नानीहरूको जीवन परिवर्तन हेर्नमा धेरै आनन्द छ अनि यही नै तपाँईको सेवकाईको इनाम हो। हामी तपाँईलाई लेखहरू, भीडीयो, अनि सम्मेलनहरूद्वारा प्रोत्साहान दिनेछौं। अहिले हाम्रा सबै प्रशिक्षण सामाग्री स्पेनिश भाषामा छ, तर हामी छिट्टै भारतको लागि यी सामाग्री उपलब्ध गराउनेछौं।

हामी आशा गर्छौ तपाँईले यहाँ सामाग्री अनि उत्साह पाउनुहुनेछ। "नानीहरु महत्वपूर्ण छन" मा स्वागत छ!