गैलेक्सी एक्सप्रेस गैलेक्सी एक्सप्रेस - मुख्य पृष्ठ

गैलेक्सी एक्सप्रेस भी बी एस कार्यक्रममा स्वागत!

शिक्षकहरूले सण्डे स्कूल चलाईने जगहलाई एक स्पेश शटलमा परिवर्तन गर्न आनन्द लिनेछन्। ‘‘गैलेक्सी एक्सप्रेस’’ मा चढ़ेर, प्रत्येक दिन नानीहरू अंतरिक्ष यात्रामा जानेछन् जहाँ उनीहरूले परमेश्वरको महान कार्यहरू देख्नेछन्। जसै कतिपय क्षुद्रग्रहहरू बाट जोगिन्दै दाँया अनि बाँया ढल्किन्दै यो यात्रा शुरू हुन्छ, यो अंतरिक्ष जहाजमा यात्रा गर्नको आनन्द नानीहरूले उठाउनेछन्। टेक अफ अनि ल्याडिंगको अडियो ट्रेकहरूद्वारा अनि कप्तान अनि उसको सहयोगी रोबट संग को बातचित द्वारा नानीहरूको कल्पना अझ जीवीत हुनेछ।

प्रत्येक दिन तपाँईले नानीहरूलाई एक अंतरिक्ष यात्रामा लानुहुनेछ, हुनसक्छ चंद्रमा मा, या कुनै तारामा अथवा कुनै अन्य ग्रहमा, जहाँ उनीहरूले मोशाको जीवनबाट परमेश्वरको महानताको बारेमा सिक्नेछन्। सबैले एकसाथ गित गाउन, अनि एक्श्न गर्नमा आनन्द लिनेछन्।

‘ब्रीज’ मा सबै सम्मेलित भएपछि, नानीहरू आ-आफ्ना उमेर अनुसार विभाजित हुनेछन्। उनीहरू क्याडेट क्लास मा जानेछन् जहाँ उनीहरूले आ-आफ्ना पुस्तिकाहरूबाट पाठ, शिल्प अनि धेरै अरू कुराहरू सिक्नेछन्। यी साना दलहरूमा नानीहरूले एक अर्कालाई औ शिक्षकहरूलाई अझ असल संग चिन्ने मौका पाउँनेछन् औ धेरै मित्रहरू बनाउँन सक्नेछन्। त्यस पछि उनीहरू मेस हल तर्फ लाग्नेछन् जहाँ उनीहरूले एकसाथ नाश्ता गर्नेछन् औ सिकेका कुराहरू अनुप्रयोग गर्न सिक्नेछन्।

केही खेलहरू खेल्नको निम्ति नानीहरूलाई फेरि ‘ब्रिज’ मा बोलाउन सक्नुहुन्छ। क्लास अन्त गर्न भन्दा पहिले ‘गैलेक्सी एक्सप्रेस’ सी डी बाट केही गीतहरू गाउनुहोस्, प्रार्थना गर्नुहोस् अनि अग्ला दिनको कार्यक्रमको निम्ति नानीहरूलाई निमंत्रण दिन नभुल्नुहोस।

म आशा गर्दछु कि यस भी बी एस चाखलाग्दो हुनेछ। म विश्वास गर्दछु तपाँईले यस कार्यक्रमलाई आफ्नो सृजनशीलताद्वारा अझ चाखलाग्दो बनाउनुहुनेछ।

संसाधन

निः शुल्क डाउनलोड गर्नुहोस।

उपलब्ध संसाधनहरू हेर्नुहोस। साथै किताबहरू अनि भी बी एस को निम्ति अन्य संसाधन डाउनलोड गर्नुहोस।

अझ पढ़नुहोस

लोगो

तपाँईको सण्डे स्कूल रोचक बनाउनको निम्ति यी मुफ्त संसाधनहरू हेर्नुहोस्!

यी नक्साहरू द्वारा कक्षालाई सजाउनुहोस।

अझ पढ़नुहोस

शिल्प

नानीहरूले शिल्प बनाउन आनन्द लिनेछन्!

शिल्पद्वारा कक्षा अझ रोचक हुनेछ। तपाँई जुनै देशमा भए पनि यी शिल्पका विचारहरू प्रयोग गर्नसक्नुहुनेछ।

अझ पढ़नुहोस